Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

प्रदेश सभा निर्वाचनमा दिपक मनाङेलाई कांग्रेसको समर्थन

लमजुङ । नेपाली कांग्रेस मनाङले आगामी ४ मंसिरमा हुने प्रदेश सभा निर्वाचनका लागि राजीव गुरुङ (दिपक मनाङे) लाई समर्थन गर्ने भएको छ।

प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेको मनाङमा निर्वाचन क्षेत्र नम्बर (ख) मा स्वतन्त्र उम्मेदवारको रुपमा कांग्रेसले राजीव गुरुङलाई समर्थन गर्ने भएको हो । कांग्रेस जिल्ला कार्यसमिति मनाङको बिहीबार बसेको बैठकले गण्डकी प्रदेश सरकारका मन्त्रीसमेत रहेका गुरुङलाई समर्थन गर्ने निर्णय गरेको हो ।

कांग्रेस नेतृत्वको सरकार बनाउन भूमिका खेलेका वर्तमान खेलकुदमन्त्री गुरुङलाई गठबन्धनको भावना र पार्टीको नीतिअनुसार सहयोग गर्ने निर्णय गरेको कांग्रेस मनाङले जनाएको छ।

कांग्रेसको भातृसंगठन नेपाल तरुण दलको पूर्वअध्यक्षसमेत रहेका गुरुङ केही वर्ष पहिले पार्टी परित्याग गरी स्वतन्त्र बनेका थिए । अघिल्लो निर्वाचनमा पनि स्वतन्त्र उम्मेदारी दिएका गुरुङलाई तत्कालीन समयमा एमालेले साथ दिएको थियो । यद्यपि गण्डकी प्रदेश सरकारमा कांग्रेस नेतृत्वको सरकार निर्माण हुन गुरुङको विशेष भूमिका रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077