Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२५ वर्षपछि टेकुको फोहोर स्टेसन सफा, हट्यो सबै फोहोर

काठमाडौँ।  काठमाडौं टेकुस्थित ट्रान्सफर स्टेसनमा विगत साढे दुई दशकदेखि फोहोर थुप्रिँदै आएको फोहोर उठेको छ ।

काठमाडौं महानगरले केही दिनयता टेकुको फोहोर सबै उठाएको हो । फोहोरका कारण टेकु वरिपरि हिँड्नसमेत सकिन्नथ्यो।

फोहोरका रास सबै व्यवस्थापन भइसकेको छ। गत चैतयता काठमाडौंमा पटक पटक फोहोर उठ्न सकेन।

सिसडोल ल्यान्डफिल साइट र बञ्चरेडाँडा ल्यान्डफिल साइटमा स्थानीयले फोहोर व्यवस्थापन गर्न अवरोध गरेपछि काठमाडौंमा फोहोर थुप्रिएको थियो ।

काठमाडौं महानगरपालिकाले स्रोतबाटै कुहिने र नकुहिने फोहोर छुट्याउन अनुरोध गरेसँगै अहिले फोहोर व्यवस्थापनमा सहज हुँदैछ।

त्यसमा पनि महानगर प्रमुख बालेन्द्र साह बालेनले फोहोर व्यवस्थापनमा निजी क्षेत्रलाई पनि गुहारेपछि अहिले टेकुसहित काठमाडौंका सडकमा फोहोर देखिन छाडेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077