Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

मैले र आरजुले भारतीयसँग सहमति गरेको भनेर चीनसमेत भ्रममा परेछ : प्रचण्ड

पोखरा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू र कांग्रेस नेता आरजु देउवाले भारतमा सहमति गरेको भनी चीनसमेत भ्रममा परेको बताए छन् ।

शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफू र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुले भारतमा समझदारी गरेको भन्नेबारे चिनियाँ अधिकारीहरुले चासो राखेको बताए ।

उनले भारतमा आफूहरुले सहमति गरेको भन्नु झुटो र निराधार भएको बताए ।

उनले भने, ‘यति झूटो कुरा यति निराधार कुराको यति ठूलो प्रचार गरिनुबाट कहीं न कहीं प्रतिगमन र प्रतिक्रान्तिकारी शक्तिहरू निकै सक्रिय छन् भन्नेबाहेक अरु केही होइन ।’

आफू र आफ्नो पार्टीलाई बदनाम गर्ने षड्यन्त्र भएको प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077