Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

अहिलेको निर्वाचन प्रणालीबाट कांग्रेस एमाले पनि आत्तिएका छन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणालीबाट कांग्रेस एमाले पनि आत्तिएको बताएका छन् ।

शुक्रबार पार्टी मुख्यालय पेरिसडाँडामा जनता समाजवादी पार्टीका नेता कार्यकर्तालाई नेकपा माओवादी केन्द्रमा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

अहिलेको निर्वाचन प्रणाली र शासन प्रणाली परिवर्तन नगरी नहुने भएकाले त्यसबारे जनतालाई अहिलेबाटै बुझाउन सक्नुपर्ने उनले बताए ।

प्रचण्डले भने,‘यो निर्वाचन प्रणाली सारै महंगो भयो, सर्वसाधारणले चुनाव लड्नै नसक्ने भयो यसको सुधार अवश्यक छ ।’

प्रचण्डले शासन प्रणाली पनि परिवर्तन गर्नुपर्ने बताए । उनले अहिलेको निर्वाचन प्रणाली देखेर कांग्रेस एमालेका कतिपय नेताहरु पनि आत्तिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077