Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरद्वारा पशुपति क्षेत्रका अव्यवस्थित संरचना हटाउन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोलीले पशुपतिनाथ मन्दिर आसपास बनेका अवैध संरचना हटाउन सुरु गरेको छ ।

शुक्रबारदेखि सो क्षेत्रका अवैध संरचना हटाउन सुरु गरिएको महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

महानगरले भदौ ६ गतेदेखि अवैध संरचना हटाउने अभियान चलाउँदै आएको छ ।

महानगरका मेयर बालेन्द्र शाह (बालेन) को निर्देशनमा नगरप्रहरीले काम गर्दै आएको छ ।

दशैँ–तिहारजस्ता चाडवाडका बीचमा पसल हटाउँदा रोजीरोटी गुम्ने अवस्था आएकाले महानगर तथा वडा कार्यालयले आफ्ना समस्याका विषयमा विचार गरी चाडवाडसम्म पसल सञ्चालन गर्न दिन व्यापारीले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077