Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेलायतमा चार्ल्स तृतीयको शासन सुरु

काठमाडौँ । बेलायती महारानी एलिजावेथको निधनपछि उनका जेठा छोरा चार्ल्स बेलायतका नयाँ राजा बनेका छन् ।

बीबीसीका अनुसार महारानीको निधन भएलगत्तै उनले राजगद्दी सम्हालेका हुन् ।

यद्यपि उनी राजा बनेको औपचारिक घोषणा भने शनिबार हुने अपेक्षा गरिएको बीबीसीले जनाएको छ । उनले चार्ल्स तृतीयको नामबाट शासन गर्ने जनाइएको छ ।

उनी राजा भएसँगै उनकी धर्मपत्नी रानी कमिला ‘क्विन कन्सर्ट’ भएकी छिन् । यद्यपि उनलाई कुनै नयाँ पद नदिइएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077