Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लागुऔषधसहित चारजना पक्राउ

कैलाली । कैलालीमा लागुऔषधसहित चारजना पक्राउ परेका छन् ।

जिल्लाको घोडाघोडी नगरपालिकामा दुई सय मिलीग्राम ब्राउन सुगरसहित चारजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा २० वर्षीय दीपेश धामी, १९ वर्षीय शिव गुरुङ, २३ वर्षीय सुमन बोहरा र २१ वर्षीय उपेन्द्र बम रहेका छन् ।

प्रहरीका अनुसार बिहीबार राति घोडाघोडीको वडा नम्बर १ को बेलारबाट उनीहरूलाई गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077