Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

देउवाविरुद्ध चुनाव लड्ने कर्ण मल्लको घोषणा

डडेल्धुरा । नेपाली कांग्रेस (विपी) का वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्लले आगामी निर्वाचनमा चुनाव लड्ने घोषणा गरेका छन् ।

विपी कोइरालाको १०९औं जन्मजयन्तीको अवसरमा आयोजना भएको वृहत् कार्यकर्ता भेलामा उनले डडेल्धुराबाट प्रतिनिधिसभाका लागि आफ्नो उम्मेद्वारी रहने घोषणा गरेका हुन् ।

नेपाली काँग्रेस विपीका केन्द्रीय सभापति तथा पूर्वमन्त्री शुशिलमान शेरचन अतिथि रहेको कार्यक्रममा उनले आगामी निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध लड्ने उद्घोष गरे ।

मल्लले उम्मेदवारी घोषणा गर्दै भने, ‘हामीलाई जिताउनु भयो भने ३१ वर्षसम्म शेरबहादुर देउवाले नगरेका काम हामी गर्नेछौं। यदि त्यस्तो गर्न सकेनौ भने आगामी दिनमा राजनीति गर्ने छैनौ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077