Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसिया कप सुपर-४ : श्रीलङ्कासँग पाकिस्तान पाँच विकेटले पराजित

एजेन्सी । एसिया कप टी–२० क्रिकेटमा श्रीलङ्काले पाकिस्तानलाई पराजित गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय मैदानमा गए राति भएको 'सुपर फोर' को अन्तिम खेलमा श्रीलङ्काले पाकिस्तानले पाँच विकेटले पराजित गरेको हो ।

पाकिस्तानले दिएको एक सय २२ रनको सामान्य लक्ष्य श्रीलङ्काले पाँच विकेट गुमाएर १८ बलअघि नै भेटायो ।

उसका लागि पथुम निशंकाले नटआउट ५५, भानुका राजापाक्षेले २४ र दसुन सनाकाले २१ रन बनाए । बलिङतर्फ पाकिस्तानका मोहम्मद होसनैन र हरिस रौफले दुई/दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले बाबर आजमको ३० र मोहम्म्मद नवाजको २६ रन मद्दतमा एक सय २१ रन बनाएको थियो । बलिङतर्फ श्रीलङ्काका विनिन्दु दी सिल्भाले तीन विकेट लिए । दुवै टोली फाइलनमा पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077