Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौंलगायत देशका विभिन्न भागमा आज बिहानैबाट वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दैलेख, डडेल्धुरा र कञ्चनपुर जिल्लाका केही क्षेत्रमा भारी वर्षा भएको छ ।

बाढी पूर्वानुमान महाशाखाले दैलेखको ग्वाँटी र आसपास, डडेलधुराको गैबन्दे र कञ्चनपुरको केही क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएकाले लोहोरे खोला, रंघुन, चौधरलगायत साना नदीहरूमा आकस्मिक बहाव हुने हुँदा तटीय क्षेत्रहरू, पहिरो जान सक्ने भिरालो जमिनहरूमा बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077