Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रुसको सैन्य भवनमा आगजनीको प्रयास, घटनामा संलग्न तीनजना पक्राउ

एजेन्सी । रूसको संघीय सुरक्षा सेवा (एफएसबी) ले सेन्ट पिटर्सबर्ग नजिकैको सैन्य भवनमा आगजनीको प्रयास विफल पारेको छ । भने घटनामा संलग्न भएको आशङ्कामा तीन जनालाई पक्राउ गरिएको छ ।

गत फेब्रुअरीमा क्रेमलिनले युक्रेनमा सैन्य अभियान सुरु गरेयता सैन्य भवनमा आक्रमण बढेको छ। सेन्ट पिटर्सबर्गबाट करिब १४० किलोमिटर उत्तरमा पर्ने भाइबोर्ग सहरका तीन जना बासिन्दाले रक्षा मन्त्रालयको प्रशासनिक भवनमा आगजनीको प्रयास गरेको एफएसबीले जनाएको छ।

‘आतङ्ककारी आक्रमणको प्रयास’ भएको विषयमा अनुसन्धान सुरु गरिएको छ। घटनामा दोषी ठहरिएमा उनीहरूलाई लामो जेल सजायको हुनसक्ने बताइएको छ।

रूसी सञ्चारमाध्यमले फेब्रुअरीको अन्त्यदेखि दर्जनौं भवनलाई पेट्रोल बम (मोलोटोभ ककटेल) ले निशाना बनाइएको वा तोडफोड गरिएका घटनाहरू सार्वजनिक गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077