Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

चार जना नेता मिलेर लोकतन्त्रका नाममा लुटतन्त्र मच्चाइरहेका छन् : अध्यक्ष ओली

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चार जना नेता मिलेर देशमा लुटतन्त्र मच्चाइरहेको आरोप लगाएका छन्।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले चार जना नेता मिलेर देशमा लोकतन्त्रका नाममा लुटतन्त्र मच्चाइरहेको अरोप लगाएका हुन्।

ओलीले आफ्नो स्वार्थ पूरा गर्न, परिवार र नातागोता पोष्न सत्तापक्षका नेताहरू तल्लीन रहेको बताए।

उनले भने ‘चार जना नेता मिलेर लोकतन्त्रका नाममा छाडातन्त्र, लुटतन्त्र मच्चाइरहेका छन्, ‘यस्ता नेताबाट देशलाई जोगाउनुपर्छ।’

ओलीले आफ्नो परिवारका लागि पाखुरा देखाएर चारजना नेताहरूले राष्ट्रलाइ नै पछि धकेल्ने प्रयास गरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077