Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसिया कपको उपाधिका लागि श्रीलंका र पाकिस्तान भिड्दै

काठमाडौँ । टी-२० एसिया कप क्रिकेटको उपाधिको लागि आज पाकिस्तान र श्रीलंका भिड्दैछन्।

खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।

सुपर फोरमा श्रीलंकाले भारत, पाकिस्तान र अफगानिस्तानलाई हराएर शतप्रतिशत नतिजा निकालेको थियो।

पाकिस्तानले भने भारत र अफगानिस्तानलाई हराएको थियो भने श्रीलंकासँग पराजित भएको थियो। पाकिस्तान र श्रीलंकाबीच हालसम्म २२ वटा टी-२० खेल भएका छन्। जसमा पाकिस्तान १३ र श्रीलंका सात खेलमा विजयी भएका छन्।

पछिल्ला पाँच टी-२० खेलमा भने श्रीलंका चार र पाकिस्तान एक खेलमा विजयी भएका छन्। पाकिस्तानले श्रीलंकालाई पछिल्लो पटक २०१७ मा पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077