Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्डलाई ओलीको प्रश्न - राष्ट्रपतिले राजीनामा गर्ने कि वामपन्थी सरकार ढाल्ने प्रतिगामीले ?

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा गर्नुपर्छ भन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

आफूले चार वर्ष अघि संसदमा नागरिकता विधेयक ल्याए पनि प्रचण्डले समितिमा सभापति रहेकी कार्यकर्तामार्फत विधेयक अड्काउने काम गरेको ओलीले आरोप लगाए ।

ओलीले भने, ‘राष्ट्रपतिले १५ वटा बुँदामा पुनर्विचार गर्नुस् भनेर संसदसमक्ष पठाउनु भयो । संसदमा आउन नपाई बाउन्सर भेला भए, बाउन्सरको भेलाले जस्ताको तस्तै फिर्ता गर्दिने भन्ने अहंकार देखाए ।

तीनै मध्येका एक –प्रचण्डले राष्ट्रपतिले राजीनामा गर्छु भन्छन् । प्रतिगामी तत्वले राजीनामा गर्नु पर्दैन ? वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउनेले राजीनामा गर्नु पर्दैन ?’

ओलीले नागरिकता विधेयक पारित हुन नदिने प्रचण्ड र वर्तमान गठबन्धन सरकार रहेको आरोप लगाए ।

यसअघि शुक्रवार पोखरामा आयोजित कार्यक्रममा प्रचण्डले नागरिकता विधेयक रोकेमा राष्ट्रपतिले राजीनामा गर्नुपर्ने अवस्था आउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077