Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

करेन्ट लगाएर माछा मार्दा झापामा तीनको मृत्यु

काठमाडौं । विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर  झापामा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३२ वर्षीय कमल बराईली, ६१ वर्षीय ओमबहादुर थाम्सुहाङ् र ४७ वर्षीय सन्त चौधरी रहेका छन्। उनीहरुको फरक-फरक स्थानमा मृत्यु भएको हो।

बराईलीको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ मा मुत्यु भएको थयो। कुलोको पानीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा बराईली घाइते भएका थिए। बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्‍याउनासाथ उनलाई चिकित्सकले मृतक घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

जिल्लाको हल्दीबारी गाउँपालिका–५ का थाम्सुहाङको भुतेनी खोलामा करेन्ट लगाएर माछामार्ने क्रममा घटनास्थलमै मृत्यु भएको थियो ।

यस्तै मेचीनगर नगरपालिका–५ हडिया खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा मेचीनगर ११ धाइजनका ४७ बर्षीया सन्त चौधरीको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077