Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजना पारित,पहिलो घेरामा प्रहरी

    निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजना पारित,पहिलो घेरामा प्रहरी

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 666
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृह मन्त्रालयले तयार गरेको एकीकृत सुरक्षा योजना पारित भएको छ ।

    आइतबार गृहमन्त्री बालकृष्ण खाणको नेतृत्वमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सो योजना पारित गरेको हो ।



    निर्वाचन आयोगले निर्धारण गर्ने मतदान केन्द्रको आधारमा चुनावमा परिचालन गर्ने सुरक्षाकर्मीको संख्या यकिन गरिने समितिले जनाएको छ ।



    निर्वाचन सुरक्षाको पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा सेना खटाउने निर्णय गरिएको छ ।

    सेना परिचालनका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई आग्रह गर्नुपर्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार