Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • स्थानीय तहको निर्वाचन सम्बन्धी कार्ययोजना पेस गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन

    स्थानीय तहको निर्वाचन सम्बन्धी कार्ययोजना पेस गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, १९ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचनसम्बन्धी कार्ययोजना पेस गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ।

    बुधबार दिउँसो मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।



    बैठकमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलको उपस्थिति थियो ।



    सुरक्षा निकाय प्रमुखले निर्वाचन सुरक्षासम्बन्धी आ-आफ्नो धारणा राखेका थिए । निर्वाचन आयोगले सरकारलाई आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ । उक्त प्रस्तावमा सरकारले निर्णय गरिसकेको भने छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार