Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा नेपालद्वारा मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा नगर्ने

काठमाडौं । राप्रपा नेपालले भाद्र २९ गतेदेखि गर्ने भनिएको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको स्वरुप परिवर्तन गरिएको छ ।

निर्वाचन आचारसंहितालाई दृष्टिगत गर्दै आइतबार बसेको सचिवालय बैठकले स्वरुप परिवर्तन गरेको राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।

जस अनुसार स्वाभिमान यात्राको सट्टा विभिन्न जिल्लाहरुमा चुनावी सभाहरु आयोजना गरिने तय भएको उनको भनाइ छ । यस्तै पर्साको वीरगञ्जमा हुने तय गरिएको पार्टीको राष्ट्रिय भेला आगामी असोजको पहिलो हप्ता मकवानपुरको हेटौंडामा गर्ने बैठकले निर्णय गरिएको छ ।

आसन्न निर्वाचनको प्रयोजनका लागि पार्टीका केन्द्रीय उपाध्यक्ष जयकुमार खड्काको संयोजकत्वमा काठमाडौं उपत्यकास्तरीय निर्वाचन समन्वय समिति गठन गर्ने बैठकबाट निर्णय पनि भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077