Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुरक्षा व्यवस्था कडा

    चिनियाँ जनकंग्रेसका अध्यक्ष लि चान्सु सोमबार नेपाल भ्रमणमा आउँदै

    चिनियाँ जनकंग्रेसका अध्यक्ष लि चान्सु सोमबार नेपाल भ्रमणमा आउँदै

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । चिनियाँ राष्ट्रिय जनक‌ंग्रेसका स्थायी समिति अध्यक्ष लि चान्सु नेतृत्वको टोली सोमबार नेपाल आउने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चानसु नेपाल भ्रमणमा आउन लागेका हुन् ।

    चानसु नेतृत्वको टोलीको सुरक्षा र तिब्बती शरणार्थीले गर्न सक्ने विरोधका कार्यक्रमबारे आइतबार बसेको केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ।



    बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा अधिकारीहरूसँग चानसु नेतृत्वको भ्रमण टोलीको सुरक्षाबारे चासो राखेका थिए। जवाफमा सुरक्षा निकायका प्रमुखहरूले सुरक्षा व्यवस्था चुस्तदुस्त बनाएको गृहमन्त्री खाँणलाई ब्रिफिङ गरेका थिए।



    भ्रमणको समयमा तिब्बती शरणार्थीहरूले विरोधका कार्यक्रम गर्न सक्ने भन्दै गृहमन्त्री खाँणले निगरानी बढाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार