Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बुबाको जन्मदिनमा बिदा दिने फिलिपिनी राष्ट्रपतिको घोषणा, सर्वत्र विरोध

एजेन्सी । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले आफ्ना पिता मार्कोस फर्डिनान्डको जन्मदिनमा बिदा दिन गरेको घोषणाको विरोध भएको छ ।

अपदस्थ गरिएका तानासाह मार्कोसको जन्मदिन विशेष बिदा दिएर मनाउने घोषणा फिलिपिन्सका मानव अधिकारवादी समूहहरूका अभियन्ताहरूले शनिबार अस्वीकार गरेका छन् ।

गत जुनको चुनावमा अत्यधिक बहुमतसहित निर्वाचित मार्कोस जुनियरले सोमबार इलोकोस नोर्टे प्रान्तमा आफ्नो पिता मार्कोस फर्डिनान्डको १०५औँ जन्मदिन मनाउन सोमबार सार्वजनिक बिदा दिने घोषणा गरेका थिए ।

सन् १९८६ मा सेनाको समेत साथ पाएको प्रजातन्त्र हिमायती आन्दोलनका दौरान तत्कालीन तानासाह मार्कोस अपदस्थ गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077