Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

डेंगु नियन्त्रण गर्न 'लार्भा खोज र नष्ट गर' अभियान तीव्र : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रण गर्न लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियान तीव्र बनाएको छ।

मन्त्रालयले नेपालमा हाल देखा परेको डेंगु रोगको प्रकोपलाई नियन्त्रण गर्न प्रतिकार्य योजना बनाइ अघि बढेको जनाएको छ ।

डेंगुको नियन्त्रणका लागि विशेषज्ञसँग नियमित छलफल, परामर्श, छलफल र समन्वयात्मक काम भइरहेको मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् ।

अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै बिहान र बेलुकीको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टे टोकाइबाट डेंगु रोग सर्ने भएकाले आफ्नो वरिपरिको वातावरण सफा राख्न, कार्यालय समयमा बाहुला भएको पोसाक लगाउन सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077