Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओलीलाई स्वागत गर्न विमानस्थल पुगे कांग्रेसका पूर्व जिल्ला सचिव यादव

काठमाडौं । नेपाली कांग्रेसका नेता सन्तोषकुमार यादव नेकपा एमालेमा प्रवेश गर्न लागेका छन् ।

सोमबार उनलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम राखिएको छ ।

यादवले आफू एमाले प्रवेश गर्न लागेको पुष्टि गरेका हुन्। काँग्रेसप्रति असन्तुष्टि जनाउँदै उनले कार्यकर्ताका लागि उक्त पार्टी उपयुक्त नभएका कारण पार्टी त्याग गर्न लागेको बताए ।

यादवले आसन्न निर्वाचनमा प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’ बाट नेकपा एमालेको उम्मेदवार हुने तयारी गरेका छन् ।

सोमबार उक्त क्षेत्रका करिब पाँच हजार नेता तथा कार्यकर्ता कांग्रेस पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077