Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आन्तरिक राजस्व कार्यालय महारागन्जकी कम्प्युटर अधिकृत श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय महाराजगन्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियारले सोमवार उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । कम्प्युटर अधिकृत प्रधान गत साउन १८ गते सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेकी थिइन् ।

सेवाग्राहीको उजुरीको आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा कम्प्युटर अधिकृत प्रधानले कम्प्युटर बिलिङ स्वीकृत गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

अख्तियारले प्रधानविरुद्ध ३० हजार रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा आरोप पत्र दर्ता गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077