Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा पनि रिलिज हुँदै

काठमाडौं । ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा पनि रिलिज हुने भएको छ । असोज ७ गते नेपाली संस्करण रिलिज हुने दिन नै हिन्दी संस्करण पनि लाग्ने भएको हो।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ‘प्रेमगीत ३’ को हिन्दी संस्करणलाई रोक्न खोजको हल्ला चलेपश्चात चलचित्र ‘प्रेमगीत ३’ नेपालमा हिन्दी भाषामा रिलिज हुन्छ वा हुदैन भन्नेबारे सबै अन्योलमा थिए। अन्तत् सो अन्योल सकिएको छ।

फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन्।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।

ठूलो लगानीमा निर्माण भएको 'प्रेम गीत ३' भारतमा ४ करोड रुपैयाँमा बिक्री गरिएको दाबी गरिएको छ।

यसअघि फिल्मका अन्य दुई श्रृङ्खला 'प्रेम गीत' र 'प्रेम गीत २' बक्स अफिसमा सफल भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077