Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजमार्गमा फेला परेको अजिङ्गरको उद्धार

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ जलविरेमा फेला परेको अजिङ्गरको उद्धार गरिएको छ ।

मुग्लिन पोखरा सडक विस्तारका क्रममा फेला परेको अजिङ्गरलाई डिभिजन वन कार्यालय तनहुँले उद्धार गरेको हो ।

सडक आयोजनाअन्तर्गत काम गरिरहेका कामदारले अजिङ्गर देखा परेपछि डिभिजन वन कार्यालय तनहुँमा खबर गरिएको थियो ।

वनको टोलीले अजिङ्गरलाई उद्धार गरी डिभिजन वन कार्यालयको खोरमा सुरक्षित राखेको डिभिजन वन प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।

उक्त अजिङ्गरको तौल १० केजी र लम्बाइ ६.५ फिट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077