Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

महिला राष्ट्रिय फुटबल टिमकी फरवार्ड ‘साम्बा’लाई डेंगु संक्रमण

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’लाई डेंगु संक्रमण भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार साम्बालाई डेंगु लागेको आइतबार पुष्टि भएको हो।

उनको स्वास्थ्य अवस्था सामान्य भएकाले अस्पताल भर्ना गरिएको छैन। काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिपका दौरान साम्बालाई डेंगु भएपछि उनी बाँकी खेलका लागि फिट हुने शंका बढेको छ।

समूह ‘बी’मा रहेको नेपालले आज साँझ ५:३० बजे आफ्नो अन्तिम लिग खेलमा श्रीलंकासँग खेल्दैछ।

आजको खेल (श्रीलंकाविरुद्ध) गुमाउने उनले निको नभए बाँकी खेल पनि गुमाउने छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077