Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • युक्रेनसँग वार्ताको सम्भावना कायम रहेको रुसका परराष्ट्रमन्त्रीको भनाइ

    युक्रेनसँग वार्ताको सम्भावना कायम रहेको रुसका परराष्ट्रमन्त्रीको भनाइ

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 870
    SHARES

    एजेन्सी । रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभले युक्रेनसँग वार्ताको सम्भावना कायमै रहेको बताएका छन् ।

    गत मार्च महिनाको अन्त्यतिर इस्तानबुलमा बसेदेखि रुस र युक्रेनका प्रतिनिधिहरूले वार्ता गरेका छैनन् ।



    रुसले शुरूमा शान्ति प्रक्रियाका बारेमा आशा व्यक्त गरेको भए पनि टर्कीमा भएको प्रगतिबाट युक्रेन पछि हटेको आरोप लगाएको थियो । युक्रेनी सम्झौताकारप्रति आफ्नो विश्वास गुमेको रुसले बताएको थियो ।



    हालैका महिनामा युक्रेनले सम्झौताका लागि रुस युद्धभूमिमा पूर्ण पराजित हुनुपर्ने बताउँदै आएको छ ।

    यसैबीच युक्रेनले खार्किभ क्षेत्रमा व्यापक प्रत्याक्रमण कारवाही चलाएको भए पनि आफ्नो लक्ष्य पूरा गरिछाड्ने रुसले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार