Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गोविन्द केसीको अनसनस्थलमा असई साउँदको कमाण्डमा सुरक्षा टोली खटाइयो

कैलाली । डाक्टर गोविन्द केसीको सुरक्षाका लागि सुरक्षाकर्मी खटाइएको छ । सोमबारदेखि विभिन्न माग राख्दै कैलालीमा अनसन शुरु गरेका डाक्टर केसीको सुरक्षाका लागि सो स्थानमा सुरक्षाकर्मी खटाइएको हो ।

डाक्टर केसीले अनसन सुरु गरेको श्रीकृष्ण मन्दिर धर्म सत्संग समितिको धर्मशाला भवनमा प्रहरी कार्यालयले प्रहरी सहायक निरीक्षक उत्तरसिंह साउदको कमाण्डमा तीन जनाको प्रहरी टोली सुरक्षाका लागि परिचालन गरेको हो ।

प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले टोलीलाई चौबिसै घण्टा सुरक्षा दिनका लागि खटाइएको जानकारी दिए ।

डाक्टर केसीले धर्मशाला भवनको १०८ र १०९ नम्बरको कक्षमा बसेर सोमबारदेखि आफनो २०औं अनसन सुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077