Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

हर्क साम्पाङ्गले पूरा गरे चुनावी वाचा, श्रमदानबाटै धरानमा खानेपानी पुग्यो

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले निर्वाचनमा जनतामाझ आफूले गरेको वाचा पूरा गरेका छन् । धरानमा लामो समयदेखि अभाव हुँदै आएको खानेपानी उनले आपूर्ति गराएका छन् ।

आज धरानको बजारमा खानेपानी ल्याएपछि उनले खुशी व्यक्त गरेका छन् भने स्थानीयहरु पनि निकै हर्षित भएका छन्। सर्दु, खर्दु निशाने मुहानको खानेपानी शहरमा आएपछि धरानमा सबै मिलेर खुशी मनाएका हुन्।

फेसबुकमार्फत खुशी साट्दै साम्पाङ्गले लेखेका छन्,'आज अत्यन्तै खुशी छु म ! धराने जनतालाई सर्दु, खर्दु निशानेको पानी वितरण गर्न शहरमा पानी ल्याइपुर्‍याएका छौँ ! सम्पूर्ण सहयोगी, श्रमदाता तथा शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद ! हामी जुट्नेछौँ ! यो देश माथि उठाउन हामी जुट्नेछौँ !'

उनले शहरमा पानि ल्याएर सबै मिली रमाइलो साटासाट गरेको भिडियोसमेत फेसबुकमा पोष्ट गरेका छन् । उनले अहिले ‘खर्दु र निशानेलाई मात्रै जोडेको र सर्दु जोड्न बाँकी रहेको भन्दै सर्दुसँग झन् ठूलो पानीको फोहोरा आउने बताए । भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ ।

धरानका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालले धरान बजारको सिरानसम्म अहिले पानी ल्याएको र अबको ५–६ दिनपछि बजारको बीचसम्म पुर्याइने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077