Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बाल्टीमा लुकाएको अवस्थामा स्रोत नखुलेको भारतीय रुपैयाँ फेला

    बाल्टीमा लुकाएको अवस्थामा स्रोत नखुलेको भारतीय रुपैयाँ फेला

    अनलाइन नेपाल
  • मंगलबार, २८ भाद्र २०७९
  • 735
    SHARES

    धनगढी । धनगढी उपमहानगरपालिका–१८ फूलबारीमा घरमा लुकाएको अवस्थामा स्रोत नखुलेको भारतीय रुपैयाँ भेटिएको छ ।

    फूलबारीस्थित एच गाउँका ३२ वर्षीय हिरा बिकको घरमा बाल्टीमा लुकाएको अवस्थामा भारतीय रुपैया भेटिएको हो ।



    बिकको घरमा बाल्टीमा लुकाएको अवस्थामा भारतीय रुपैयाँ भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    केही दिन अघि मात्र भारतबाट घर फर्किएका बिकले उक्त रकम चोरेर ल्याएको हुनसक्ने आशंका गरिएको छ ।

    हाल उनी फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार