Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • स्रोत नखुलेको २४ लाख बढी रुपैयाँसहित भारतीय नागरिक पक्राउ

    स्रोत नखुलेको २४ लाख बढी रुपैयाँसहित भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २७ मंसिर २०७९
  • 483
    SHARES

    धनुषा । धनुषामा स्रोत नखुलेको २४ लाखभन्दा बढी रकमसहित एक भारतीय युवक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्ला मंगपट्टी वडा नम्बर–१ मन्दिर, विशौल बस्ने २३ वर्षीय उमेश कुमार रहेका छन् ।



    जिल्लाको विदेह नगरपालिका वडा नम्बर–९ इटहर्वास्थित सीमा इलाकामा सुराकीको आधारमा सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रुपमा नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाइकलको ट्याङ्की भित्र लुकाई छिपाई राखेको २४ लाख १७ हजार रकम बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।



    पक्राउ परेका युवकलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरधामको जिम्मा लगाइएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार