Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

नेप्से २१.३० अंकले बढ्यो, कारोबार रकम ९२ करोड २५ लाखमा सीमित

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज २१ अंकले बढेको छ । एक सातापछि आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको हो ।

गत साताको सोमबारदेखि निरन्तर ओरालो लागको नेप्से आज २१.३० अंकले बढेको छ । अघिल्लो साताको आइतबारदेखि गत सोमबारसम्म करिब ६५ अंकले घटेको थियो ।

नेप्से आज १.११ प्रतिशतले बढेर १९३४.०४ को बिन्दुमा पुगेको छ ।

आज २३१ कम्पनीका ३१ लाख ४६ हजार ९९६ कित्ता सेयर ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँमा कारोबार भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि १.०३ प्रतिशतले बढेर ३७६.१७ बिन्दु पुगेको छ । कारोबारमा आएका १३ समूहगत सूचक पनि बढेका छन् ।

आज फाइनान्स समूह सर्वाधिक २.१३ प्रतिशतले बढेको छ । यस्तै, बैकिङ समूह ०.८४ प्रतिशत, विकास बैक १.७५ प्रतिशत, होटल तथा पर्यटन समूह १.१६ प्रतिशत, हाइड्रोपावर समूह ०.९७ प्रतिशत र लगानी समूह १.५७ प्रतिशतले बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077