Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

धाँधली गर्नकै लागि कांग्रेस सत्तामा बसेरै चुनाव गराउँछ : अध्यक्ष ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले चुनावमा बुथ कब्जाको योजना बनाइरहेको दावी गरेका छन् । पोखरामा लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गदै अध्यक्ष ओलीले यस्तो बताएका हुने ।

उनले कुन कुन जिल्लाका कुन बुथ कब्जा गर्ने योजना बनेको छ भन्ने जानकारीसमेत आफूसँग रहेको बताए ।

ओलीले भने, ‘गठबन्धनले मान्छे कुट्ने, काट्ने, मार्ने, थुनाउने र बुथ कब्जा गर्ने योजना बनाएको छ । म सरकारको ध्यानाकर्षण गराउँछु र प्रहरी प्रशासनलाई निष्पक्ष भूमिका निर्वाह गर्न आग्रह गर्छु ।’

कांग्रेसले अहिलेसम्म आफूले नगराएको चुनावमा भाग नलिने प्रष्टरुपमा भनेको स्मरण गराउँदै ओलीले धाँधली गर्नकै लागि कांग्रेसले सत्तामा बसेर चुनाव गराउने गरेको बताए ।

अध्यक्ष ओलीले सरकार र गठबन्धनबाट हुनसक्ने धाँधली तथा बुथ कब्जा एमालेले रोक्नुपर्ने भन्दै सबै पार्टी पंक्तिलाई सचेत रहन आह्वान समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077