Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्व बैंकको ३५ अर्ब सहुलियत ऋण स्वीकृत, यातायात तथा व्यापार आबद्धता अभिवृद्धिमा खर्च गरिने

काठामाडौं । सरकारले विश्व बैंकबाट उपलब्ध हुने रु ३५ अर्ब अर्थात् (दुई सय ७५ मिलियन डलर) सहुलियत ऋण स्वीकृत गरेको छ ।

उक्त रकम यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि खर्च हुने बताइएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय आज सार्वजनिक गर्दै यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि सो ऋण स्वीकृत गरिएको बताए ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढीकरणका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन डलर अनुदान लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077