Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दै चिनियाँ नेता ली चान्सु

काठमाडौं । नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु आज पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन् ।

चार दिने नेपाल भ्रमणका लागि सोमबार नेपाल आएका लीले आज विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । यसअघि हिजो उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

हिजो उनले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

तीले सोमबार नै सभामुख अग्निप्रसाद सापकोटासँग द्विपक्षीय वार्ता गरेका थिए । अध्यक्ष ली भ्रमण सम्पन्न गरी बिहीबार बिहान विशेष विमानबाट स्वदेश फर्कने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077