Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

मानवअधिकार समितिको बैठकमा माओवादी अध्यक्ष प्रचण्ड उपस्थित

काठमाडौं । प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमा छलफल जारी छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उपस्थित छन् ।

समितिबाट यो विधेयक पारित गरेर आजै प्रतिनिधिसभामा विधेयकको प्रतिवेदन पेश गर्ने सरकार र सत्तारुढ दलहरुको तयारी छ । यही विधेयक कुर्न प्रतिनिधि सभाको बैठक पूर्वनिर्धारित समयभन्दा दुई घण्टा पछि सारिएको छ ।

तर केही प्रावधानमा दलहरुबीच सहमति जुट्न सकेको छैन । विधेयकमा एमालेले द्वन्द्वकालीन समयका घटनाका हत्यालाई गम्भीर मानव अधिकार उलंघनभित्र राखेर परिभाषित गर्नुपर्ने अडान लिएको छ ।

एमालेको अडानमा निकास खोज्न हत्याको प्रकृतिलाई वर्गीकरण गर्ने प्रस्ताव पनि कतिपयले राखेका छन् । यही मध्यमार्गी प्रस्तावउपरको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि सहभागी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077