Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रचण्ड भन्छन् - संक्रमणकालीन न्याय कानुनी विषय नभएर राजनीतिक विषय हो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्रमणकालीन न्यायको विषयलाई सहमतिमै टुङ्ग्याउनु पर्ने बताएका छन् ।

बुधबार कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् । उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सहमतिकै आधारमा अघि बढाइनुपर्ने बताए।

प्रचण्डले विधेयकका बारेमा दलहरुबीच व्यापक अन्तरक्रिया गरेर आजै बेलुकासम्ममा टुङ्गो लगाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘यो पक्ष विपक्षको विषय होइन, सबैको सरोकार र चिन्ताको विषय हो, यो कानुनी विषय नभएर राजनीतिक विषय हो । त्यसैले यसमा अल्पमत र बहुमतभन्दा पनि सर्वसम्मत रुपमा टुङ्गो लगाउँ भन्ने हाम्रो मान्यता हो ।’

उनले केही संशोधन आवश्यक भएमा त्यो गरेर भए पनि विधेयकलाई अघि बढाउनुपर्ने बताए । विधेयकमा केही शब्दका बारेमा विवाद देखिएको भन्दै उनले त्यसमा कसको जित वा कसको हार भन्‍नेतिर नगइ सबैलाई मान्य हुनेगरी अघि बढ्न जरुरी रहेको औंल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077