Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन संसदीय समितिले बनायो टोली

काठमाडौं । सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी विधेयकमा सहमति जुट्न नसकेपछि कार्यदल गठन भएको छ ।

संसदको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकबाट कार्यदल गठन गरिएको हो ।

विधेयकमा सहमति जुट्न नसकेपछि अनौपचारीक रुपमा समिति गठन भएको सांसद शेरबहादुर तामाङले जानकारी दिए ।

कार्यदलमा नेकपा एमालेको तर्फबाट शेरबहादुर तामाङ र विमला विक, नेपाली कांग्रेसबाट मीन विश्वकर्मा र अतहरकमाल मुसलमान, माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन तथा लोसपाबाट लक्ष्मणलाल कर्ण सदस्य छन् ।

दिउँसो २ बजे फेरि बैठक बस्ने र सबै दलको सहमति जुटाएर प्रतिवेदन तयार पारी बिहीबार बस्ने संसद बैठकमा पेस गर्ने तयारी रहेको समितिका सदस्यहरुको भनाइ छ ।

समितिका सभापति कृष्णभक्त पोखरेलले आज राति अबेरसम्म बसेर भए पनि समितिले विधेयकका बारेमा सहमति जुटाउने बताए । विधेयकको प्रस्तावना, विधेयकमा उल्लेखित केही प्रावधान र शब्दका बारेमा दलहरुबीच विवाद देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077