Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

समानुपातिकको बन्द सूचीमा रहेकाहरू फेरि उम्मेदवार बन्न पाउने

काठमाडौं । २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको बन्द सूचीमा उम्मेदवार रहेकाहरू आगामी निर्वाचनमा पनि बन्द सूचीमा रहन पाउने भएका छन् ।

निर्वाचन आयोगका पदाधिकारी र राजनीतिक दलबीच बुधबार भएको सहमतिअनुसार ०७४ को बन्द सूचीमा रहेका व्यक्ति आउँदो निर्वाचनमा फेरि बन्द सूचीमा बस्न पाउने भएका हुन् ।

निर्वाचन आयोगले त्यस विषयमा राजनीतिक दललाई मौका दिन तयार भएको छ। गत चुनावमा समानुपातिकको बन्द सूचीमा समावेश रहेकालाई मंसिर ४ गते हुने चुनावका लागि फेरि पनि बस्न दिने वा नदिने विषयमा विवाद थियो।

सबै दलको सहमतिमा समानुपातिक तर्फको बन्द सूचीमा उम्मेदवार रहेका सबैको नाम निर्वाचन आयोगले नै हटाउने सहमति भएको हो ।

दलहरुले ०७४ मा बन्द सूचीमा रहेका सबै नाम हटाउने अधिकार आयोगलाई दिएका छन् । योसँगै १८ हजार फेरि उम्मेदवार हुन पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077