Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चिनियाँ राष्ट्रपति सी ताजिकिस्तान र उज्बेकिस्तान जाने

एजेन्सी । चीनका राष्ट्रपति सी चिनफिङ बुधबार ताजिकिस्तान र उज्वेकिस्तान भ्रमणमा जाने भएका छन् ।

उज्वेकिस्तानमा हुने साङ्घाइ सहयोग सङ्गठन (एससीओ) को शीर्ष नेताहरुको बैठकमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।

बैठकमा सहभागी हुन आएका विभिन्न देशका नेतासँग उनले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको अधिकारीहरुले जनाएका छन् ।

भेटवार्ताका क्रममा उनले सबै शीर्ष नेताहरुसँग आपसी सम्बन्ध, दुई पक्षीय हित र साझा चासोका विषयमा छलफल गर्ने तय भएको छ ।

उनले दुई देशको भ्रमण आगामी शुक्रबारसम्म हुने अधिकारीहरुले जानकारी दिएका छन् । यस बर्ष चीन र ताजिकिस्तानको कुटनीतिक सम्बन्ध स्थापना भएको ३० औँ वर्ष भएकाले पनि उनले भ्रमणलाई महत्व दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077