Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • चिनियाँ राष्ट्रपति सी ताजिकिस्तान र उज्बेकिस्तान जाने

    चिनियाँ राष्ट्रपति सी ताजिकिस्तान र उज्बेकिस्तान जाने

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 786
    SHARES

    एजेन्सी । चीनका राष्ट्रपति सी चिनफिङ बुधबार ताजिकिस्तान र उज्वेकिस्तान भ्रमणमा जाने भएका छन् ।

    उज्वेकिस्तानमा हुने साङ्घाइ सहयोग सङ्गठन (एससीओ) को शीर्ष नेताहरुको बैठकमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।



    बैठकमा सहभागी हुन आएका विभिन्न देशका नेतासँग उनले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको अधिकारीहरुले जनाएका छन् ।



    भेटवार्ताका क्रममा उनले सबै शीर्ष नेताहरुसँग आपसी सम्बन्ध, दुई पक्षीय हित र साझा चासोका विषयमा छलफल गर्ने तय भएको छ ।

    उनले दुई देशको भ्रमण आगामी शुक्रबारसम्म हुने अधिकारीहरुले जानकारी दिएका छन् । यस बर्ष चीन र ताजिकिस्तानको कुटनीतिक सम्बन्ध स्थापना भएको ३० औँ वर्ष भएकाले पनि उनले भ्रमणलाई महत्व दिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार