Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दसैँको अवसरमा भाटभटेनीले घटायो ३० प्रतिशतसम्म मूल्य

काठमाडौं । भाटभटेनी सुपर स्टोरले दसैँ-तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै सामानको मूल्यमा छुट योजना अघि सारेको छ ।

स्टोरको योजनाअनुसार अब किनिने सामानको मूल्य साबिकको तुलनामा १० देखि ३० प्रतिशतसम्म सस्तो पर्नेछ ।

भाटभटेनीले २३ वटा आउटलेटबाट गरिने खरिदमा १० देखि ३० प्रतिशतसम्म छुटको योजना ल्याएको हो । चाडपर्वको अवसरमा सार्वजनिक गरेको छुट योजनामा चिनीको मूल्य ६९ रुपैयाँ छ । भाटभटेनीले भारतीय सीमाक्षेत्रनजिकका ७ स्टोरमा ६९ रुपैयाँ किलोमा चिनी बेच्ने जनाएको छ ।

इटहरी, विराटनगर, नेपालगञ्ज, भैरहवा, धनगढी, बुटवल र हेटौंडाका स्टोरमा चिनी प्रतिकिलो ६९ रुपैयाँ कायम गरिए पनि काठमाडौंमा भने ८४ रुपैयाँ तोकिएको छ । अहिले चिनीको उपभोक्ता मूल्य ९४ रुपैयाँ रहेको छ ।

इलेक्ट्रोनिक, ग्रोसरी सामानहरूमा ३० प्रतिशतसम्मको छुटका योजना अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077