Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या, सेती अस्पताल भर्ना

कैलाली । स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै तीन दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।

स्वास्थ्यमा समस्या आएपछि धनगढीस्थित गिता सत्संग समितिको धर्मशाला भवनमा अनसनमा रहेका डाक्टर केसीलाई अस्पतालको वार्डमा भर्ना गरिएको हो ।

‘स्वास्थ्यमा समस्या आएपछि अनसनरत स्थानबाट अस्पतालमा सिफ्ट गरिएको छ’ डाक्टर केसीसँगै रहेका डाक्टर अमृत जैसीले भने, ‘डाक्टरको स्वास्थ्य परिक्षणपछि अस्पतालको प्रसृति गृहपछाडि रहेको छुट्टै वार्डमा भर्ना गरिएको छ।’

डाक्टर केसीलाई बोल्नमा समस्या भरहेको, बल्ड प्रेसरमा कमी, शरीर कमजोर भएको उनले जानकारी दिए। उनले चिकित्सकको सल्लाह बमोजिमनै डाक्टर केसीलाई अस्पतालमा भर्ना गरिएको बताए ।

बुधबार बिहान उनको रगत र पिसाबको परीक्षण गरिएको थियो। सेती प्रादेशिक अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट फिजिसियन डाक्टर शेरबहादुर कमरले उनको स्वास्थ्य परीक्षण गरेका छन्।

धनगढीस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा बसेका डाक्टर केसीको अवस्था भने बिग्रदै गएको हो । डाक्टर केसीले विभिन्न ७ वटा माग राखेका छन् । डाक्टर केसीको सत्याग्रहको बुधबार तीन दिन पुगे पनि सरकारी पक्षबाट भने वार्ताका लागि कुनै पहल भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077