Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • तीन बुँदे सहमतिपछि पेट्रोलियम ढुवानी व्यवसायीले लिए हड्ताल फिर्ता

    तीन बुँदे सहमतिपछि पेट्रोलियम ढुवानी व्यवसायीले लिए हड्ताल फिर्ता

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 846
    SHARES

    काठमाडौं । सरकारसँग तीन बुँदे सहमति गर्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विरोधका कार्यक्रम फिर्ता लिएको छ । आज दिउँसो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलपछि महासंघले आन्दोलन फिर्ता लिएको हो ।

    व्यवसायीले ढुवानी भाँडादर वृद्धिको माग गर्दै २४ भदौबाट हड्ताल सुरु गरेका थिए । उनीहरूले बुधबारबाट आन्तरिक ढुवानी बन्द गरी १ असोजबाट देशभर इन्धन आपूर्ति ठप्प पार्ने घोषणा गरेका थिए ।



    मन्त्रालयमा दुई पक्षबीच आज भएको छलफलमा ७ साउनसम्ममा संचालक समितिबाट निर्णय गराई ढुवानी भाँडा वृद्धि गर्ने सहमति भएको छ । व्यवसायीले हड्ताल फिर्ता लिएपछि बिहीबारबाट देशभर तेल लोड–अनलोड सहज हुने भएको छ ।



    उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडू, नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानी र महासंघका पदाधिकारीहरुबीच बुधबार साँझ भएको छलफलमा ढुवानी भाडा समायोजनको विषय असोज ७ गतेभित्रमा सम्बोधन गरिसक्ने सरकारी प्रतिबद्धतापछि व्यवसायीले आन्दोलन फिर्ता लिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार