Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आजदेखि पेट्रोलिय ढुवानी सुचारु हुने

    आजदेखि पेट्रोलिय ढुवानी सुचारु हुने

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 858
    SHARES

    काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले हड्तालका कार्यक्रम फिर्ता लिएर पेट्रोलियम पदार्थ ढुवानी पूर्ववत रुपमा संचालन गर्न थालेका छन् । महासंघ र नेपाल आयल निगमबीच बुधबार साँझ तीन बुँदे सहमति भएपछि पेट्रोलियम ढुवानी सुरु भएको हो ।

    महासंघका माग असोज ७ गतेसम्म पूरा गर्ने सहमति भएपछि हड्तालका कार्यक्रम फिर्ता भएको जनाइएको छ । महासंघ २०७३ सालपछि डिजेल बाहेकका अन्य संचालन खर्च नबढाएको भन्दै हड्तालमा उत्रिएको थियो ।



    यही भदौ २४ गतेदेखि भारतमा तेल लिन जान उनीहरुले रोकेका थिए । उनीहरूले बुधबारबाट आन्तरिक ढुवानी बन्द गरी १ असोजबाट देशभर इन्धन आपूर्ति ठप्प पार्ने घोषणा गरेका थिए ।



    उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडू, नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानी र महासंघका पदाधिकारीहरुबीच बुधबार साँझ भएको छलफलमा ढुवानी भाडा समायोजनको विषय असोज ७ गतेभित्रमा सम्बोधन गरिसक्ने सरकारी प्रतिबद्धतापछि व्यवसायीले आन्दोलन फिर्ता लिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार