Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माओवादीले पनि समानुपातिकतर्फ निर्वाचितलाई नदोहोर्‍याउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले पनि यसअघि समानुपातिकतर्फ निर्वाचित भएका व्यक्तिलाई फेरि समानुपातिकमा नदोहोर्‍याउने भएको छ ।

पार्टी पदाधिकारीको बुधबार बसेको बैठकले समानुपातिक उम्मेदवारका लागि मापदण्ड बनाएको हो ।

पदाधिकारी बैठकले समानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची तयार गर्नका लागि पार्टी प्रदेशहरुले भोलिसम्म प्रतिनिधित्वको निर्धारित क्षेत्र छुट्याएर सूची पेस गर्ने, समानुपातिकको तालिका तयार गर्दा अन्तरिम व्यवस्थापिकाबाहेक अरु समयमा समानुपातिक सदस्य भएकालाई नदोहोर्‍याउने, भर्खरै स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेकोलाई प्राथमिकता नदिने र सूची पेश गर्दा सम्बन्धित समितिको बैठकले अनिवार्य निर्णय गरेकै हुनै पर्ने निर्णय गरेको छ।

सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'समानुपातिक तर्फका उम्मेदवारहरुको बन्दसुची तयार गर्नका लागि पार्टी प्रदेशहरुले भाद्र ३० गते भित्र प्रतिनिधित्वको निर्धारित क्षेत्र छुट्याएर प्रारम्भिक सूची पेश गर्ने, समानुपातिकको तालिका तयार गर्दा अन्तरिम व्यवस्थापिका बाहेक अरु समयमा समानुपातिक सदस्य भएकालाई नदोहोर्‍याउने, भर्खरै स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेकोलाई प्राथमिकता नदिने र सूची पेश गर्दा सम्बन्धित समितिको बैठकले अनिवार्य निर्णय गरेकै हुनुपर्ने निर्णय गरेको छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077