Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

जनताले अहिले पनि माओवादीको हातमा देशको चाबी दिन चाहेका छन्: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी निर्वाचनमा एकतावद्ध भएर लाग्नुपर्ने बताएका छन्।

पोस्टबहादुर बोगटीको स्मृतिमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

स्थानीय चुनावमा पार्टीभित्र र गठबन्धनबाट प्राप्त शिक्षा र अनुभवसहित मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा चुनावको तयारीमा लाग्नुपर्ने उनले बताए।

प्रचण्डले भने,‘जनता अहिले पनि माओवादीको हातमा देशको चाबी दिन चाहन्छन्, देशको राजनीति कता जाने माओवादीले चाहेजस्तो हुने देखिन्छ।

उनले माओवादी कमजोर हुँदा देशमा आएका परिवर्तनहरूको रक्षा गर्न गाह्रो पर्ने पनि बताए। उनले जनताले माओवादीलाई फेरि देश चलाउने चाबी दिन चाहेको बताए।

’ उनले टिकट पाउने उम्मेदवार व्यक्ति मात्र नभई त्यो पार्टी हुने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077