Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

काठमाडौं महानगरपालिकाविरूद्ध फुटपाथ व्यापारी आन्दोलित, जुलुसले घेर्‍यो कार्यालय

काठमाडौं । काठमाडौं महानगरपालिकाका विरुद्धमा फुटपाथ व्यवसायीले आन्दोलन थालेका छन्।

महानगरपालिकाभित्र फुटपाथमा व्यापार गर्ने व्यवसायीले विकल्पबिना नै व्यापार व्यवसायबाट लखेटिएको भन्दै आन्दोलन गरेका हुन्।

नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै आन्दोलन गर्दै महानगरपालिकाको कार्यालय घेराउ गर्दै नाराबाजीसमेत गरेका छन्।

काठमाडौं महानगरपालिकाको प्रमुखका रुपमा बालेन्द्र साह निर्वाचित भएसँगै अनधिकृत रूपमा निर्माण गरिएका संरचना र फुटपाथ व्यवसाय हटाउन सुरु गरेसँगै फुटपाथ व्यवसायी आन्दोलित भएका हुन्।

साना व्यवसायीहरू सुन्धारामा जम्मा भएर भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुगेर कार्यालय घेराउ गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077