Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

‘के घर के डेरा’ को टिजर सार्वजनिक

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ को टिजर सार्वजनिक भएको छ।

आगामी कात्तिक ४ गते प्रदर्शन हुने फिल्मको टिजरले काठमाडौंमा घर हुने र डेरामा बस्नेको कथालाई देखाएको छ।

काठमाडौंमा घर हुनेले लुकाउन खोजेको र डेरामा बस्नेले घर किन्न गरेको संघर्षलाई टिजरले समेटेको छ।

फिल्मको सम्पूर्ण छायाङ्कन काठमाडौं उपत्यकामा गरिएको थियो। कमेडी तथा सोसल जनरामा बनेको यस फिल्मको कथा सिंगे लामाले लेखेका हुन्। त्यसैगरी, फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ।

फिल्ममा दयाहाङ राई, सुरक्षा पन्त, विपिन कार्की, वर्षा राउतका साथै रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077