Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री देउवासहित सबै मन्त्रीले बुझाए सम्पत्ति विवरण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित सबै मन्त्रीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो सम्पत्ति विवरण बुझाएका छन् ।

कार्यालयका अनुसार बुधबार (हिजोसम्म) सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाएका हुन् ।

मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार यो आर्थिक वर्षमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई सम्पत्ति विवरण बुझाउन हिजोसम्मको समयसीमा थियो ।

उक्त अवधिमा मन्त्रिपरिषद्का सबै सदस्यले सम्पत्ति विवरण बुझाएको एक अधिकारीले जानकारी दिए ।

ती अधिकारीका अनुसार आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ ।

उनका अनुसार अब जतिसक्दो छिटो उक्त सम्पत्ति विवरण सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077